आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोकर्णेश्वर वडा नं. ८ को जेष्ठ नागरिक भ्रमण चैत १७ गतेबाट

गोकर्णेश्वर खबर७ चैत्र २०७८, सोमबार ०८:४६ मा प्रकाशित (२ साल अघि) ६०४ पाठक संख्या

७ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को जेष्ठ नागरिक भ्रमण चैत १७ गतेबाट हुने भएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै चैत १७ गतेबाट १९ गतेसम्म ३ दिने भ्रमण हुने जनाएको छ ।

लुम्बिनी र देवघाट जाने भ्रमणका लागि इच्छुक जेष्ठ नागरिकहरुले चैत १३ गते सम्ममा वडा कार्यालयमा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

भ्रमण जान इच्छुक जेष्ठ नागरिकहरुले वडाबाट उपलब्ध भएको जेष्ठ नागरिक भत्ताको परिचय पत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने सूचनामा जनाईएको छ ।