आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

प्रधानमन्त्री देउवाबाट तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

गोकर्णेश्वर खबर६ चैत्र २०७८, आईतवार ०७:५२ मा प्रकाशित (२ साल अघि) ५०४ पाठक संख्या

६ चैत, काठमाडौं । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । शनिबार काभ्रे जिल्ला तेमाल स्थित पोखरी, नारायणस्थानमा गाउँपालिकाको प्रशासकीय भवनको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताए । भवन उद्घाटनका लागि देउवा हेलिकप्टरमार्फत तेमाल पुगेका थिए ।

स्थानीय तह निर्वाचनको लागि जुट्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले स्थानीय क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । उनले तेमाल क्षेत्रमा खानेपानी र सडकको विकासको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सभापति तीर्थ लामा, लगायतका काभ्रेका नेता कार्यकर्ता र स्थानीय वासिन्दाको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले विकासमा पछाडी परेको तेमालको विकासका लागि सहयोग गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए ।