आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपालमा विद्युत महशुल अझै सस्तो हुन्छ : निर्देशक कुलमान घिसिङ

गोकर्णेश्वर खबर३ चैत्र २०७८, बिहीबार २२:०९ मा प्रकाशित (२ साल अघि) ६२७ पाठक संख्या

३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत महशुल अझै सस्तो हुने बताएका छन् । आज पश्चिम नवलपरासीमा निर्माण सम्पन्न भएको बुटवल–बर्दघाट २२० के.भी. प्रसारण लाइन तथा २२०/१३२ के.भी. न्यू बुटवल सबस्टेशनको उद्घाटन कार्यक्रममा पुगेका उनले सो बताएका हुन् । निर्देशक घिसिङले प्राधिकरण विगत ५ वर्षदेखि नाफामा रहेकाले सस्तो बनाउन कुनै समस्या नरहेको बताएका छन् ।

निर्देशक घिसिङका अनुसार चौबिसै घण्टा विद्युत आपुर्तिका लागि लगानी चाहिने र त्यसका लागि पनि समस्या छैन । विद्युतमा वार्षिक १० देखि १२ अर्ब रुपैयाँ लगानी भईरहेको छ । अहिले ग्रामीण जनताले ३० रुपैयाँमा विद्युत उपभोग गरेका छन् । त्यसलाई अझ सस्तो बनाउने गरी प्राधिकरणले काम गरिरहेको छ ।

पश्चिम नवलपरासी स्थित सुनवलको सूर्यवस्तीमा निर्माण भएको सबस्टेशनमा पुनः ३३ र ११ के.भी.को प्रसारण लाइन बनाउन लागिएकाले यहाँका उद्योग र स्थानीयले केही समयमा सर्वसुलभ विद्युत उपभोग गर्न पाउने उनले बताए ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यहाँ सञ्चालनमा आएको सबस्टेशन नेपालमै विद्युतका लागि हवको रुपमा रहेको बताए । उनले यहाँबाट बुटवल–गोरखपुर अन्तरदेशीय विद्युत आपुर्तिसमेत हुने बताए।