आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

उच्छृङ्खल तरिकाले होली खेलेको आरोपमा काठमाडौंमा ४२ जना पक्राउ

गोकर्णेश्वर खबर३ चैत्र २०७८, बिहीबार २०:१६ मा प्रकाशित (२ साल अघि) ४४९ पाठक संख्या

३ चैत, काठमाडौं । प्रहरीले उच्छृङ्खल तरिकाले होली खेलेको आरोपमा काठमाडौंका विभिन्न ठाउँबाट ४२ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार होली खेल्ने नाममा अमर्यादित गतिविधि गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले काँडाघारीबाट १३ जना, सोह्रखुट्टे एरियाबाट ३ जना, न्युरोडबाट १६ जना, दरबारमार्गबाट १ जना र महाराजगन्जबाट ८ जनालाई पक्राउ गरेको छ । स्वयम्भूबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुव्र्यवहार गर्नेहरु छन् ।

तिव्र गतिमा चलाइएका, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले बिहीबार बिहानैदेखि नियन्त्रणमा लिएर ‘होल्ड’ गरेका छ । साँझसम्म ४ सय ९९ सवारी साधन होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले ४७२ वटा दुई पाङ्ग्रे सवारी होल्ड गरेको छ । चारपाङ्ग्रे सवारी २६ वटा होल्ड गरिएको छ ।