आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

वशन्तपुरमा होलीको हर्षोल्लास (फोटोफिचर)

गोकर्णेश्वर खबर३ चैत्र २०७८, बिहीबार १६:३७ मा प्रकाशित (२ साल अघि) २२८ पाठक संख्या

३ चैत, काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज नेपालका हिमाली तथा पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । भोली विशेष गरी तराईमा हर्षोल्लास र धुमधामका साथ होली मनाईन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । आज वशन्तपुरमा मानिसहरु जम्मा भएर हर्षोल्लास र धुमधामका साथ होली खेलेका छन् । विदेशी पर्यटकले समेत होलीमा रंगिएर रमाइलो गरेका छन् ।