आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कांग्रेस जिताऔं अभियानका लागि मनाङमा वडा प्रतिनिधि चयन

गोकर्णेश्वर खबर१ चैत्र २०७८, मंगलवार २१:२० मा प्रकाशित (२ साल अघि) ७५० पाठक संख्या

१ चैत, काठमाडौं । नेपाली कांग्रेसको ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत मनाङ जिल्ला कार्य समितिले २८ वटै वडामा जिल्ला प्रतिनिधि चयन गरेको छ ।

नेपाली कांग्रेसले मनाङ जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य गणेश लामालाई खटाएको छ । मनाङका सबै वडामा कांग्रेसलाई जिताउने गरी प्रचार अभियान अगाडी बढाउने केन्द्रीय सदस्य लामाले बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङद्वारा आयोजित घर–घर जाऔं कांग्रेस जिताऔं अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लामाले कांग्रेसलाई एक ढिक्का बनाएर मनाङका सबै तहमा जिताउने गरि काम गर्ने बताएका थिए ।

यसैगरी, घरघर जाऔं कांग्रेस जिताऔं अभियान अन्तर्गत मनाङका वडा–वडामा यसप्रकार प्रतिनिधिहरु खटाईएको छ । खटाईएका प्रतिनिधिहरुको नामावली यसप्रकार रहेको छ ।

१. नार्पाभुमि गाउँपालिका
वडा नं १ : अम्बर गुरुङ
वडा नं. २ : महशुस गुरुङ
वडा नं. ३ : कुञ्चो तेन्जीङ लामा
वडा नं. ४ : सोनाम घ्याम्चो घले
वडा नं. ५ : कर्मा लामा

२. नासोँ गाउँपालिका
वडा नं १ : सुरेन्द्र गुरुङ
वडा नं २ : चन्द्र घले
वडा नं ३ : अनिल गुरुङ
वडा नं ४ : अबि पुन्देन
वडा नं ५ : विष्णु लामा
वडा नं ६ : गम्भिर जङ वि.क.
वडा नं ७ : पार्वती लामा
वडा नं. ८ : थम घले
वडा नं. ९ : यज्ञ घले

३. मनाङ निस्याङ गाउँपालिका
वडा नं १ : अनिल गुरुङ
वडा नं २ : बामे गुरुङ
वडा नं ३ : कर्मा घले
वडा नं ४ : ओङ्ग्याल गुरुङ
वडा नं ५ : कर्म गुरुङ
वडा नं ६ : गिता गुरुङ
वडा नं ७ : अनिल गुरुङ
वडा नं ८ : धावा गुरुङ
वडा नं ९ : छवाङ गुर्मे गुरुङ

४.  चामे गाउँपालिका
वडा नं. १ : लोप्साङ लामा
वडा नं. २ : छिरिङ दोर्जे लामा
वडा नं. ३ : छिरिङ घ्याल्पो लामा
वडा नं. ४ : महेन्द्र घले
वडा नं. ५ : अनिता लामा