आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको छ : मेयर चालिसे

गोकर्णेश्वर खबर१ चैत्र २०७८, मंगलवार १९:२८ मा प्रकाशित (२ साल अघि) ३२१ पाठक संख्या

१ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको बताएका छन् ।

सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटीमा शहरी स्वास्थ्य केन्द्र जोरपाटीको उद्घाटन गर्दै मेयर चालिसेले सो बताएका हुन् ।

कोरोना कहरको कठिन समयमा नगरवासीलाई दिएको सुविधाहरुको समेत स्मरण गर्दै चालिसेले आम नगरवासीको स्वास्थ्य सेवा पाउने अधिकारलाई सम्मान गर्दै ९ वटै वडामा नगरपालिकाले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले नगर अस्पतालबाट बर्थिङ सेवा सहितको निःशुल्क स्वास्थ्य सेवा दिईरहेकोले त्यसबाट लाभ लिन आम नगरवासीलाई आग्रह समेत गरे ।

शहरी स्वास्थ्य केन्द्र जोरपाटीको उद्घाटनको अवसरमा वृहत निःशुल्क स्वास्थ्य शिविर राखिएको थियो भनें ४० जना गर्भवती महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको थियो ।