आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

यू–१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आजबाट

गोकर्णेश्वर खबर१ चैत्र २०७८, मंगलवार ११:०४ मा प्रकाशित (२ साल अघि) १५८ पाठक संख्या

१ चैत, काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण मंगलबार (आज)बाट भारतको जम्सेदपुरमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यस पटकको संस्करणमा नेपाल, भारत र बंगलादेश गरी तीन वटा राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । तर यसअघिका संस्करणको अनुभव भएका सीमित खेलाडी मात्र टिममा रहेकाले बलिया प्रतिद्वन्द्वीको सामना गर्नु नेपालका लागि चुनौतिपूर्ण नै हुनेछ ।

उमेर समूहको महिला फुटबलको विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सन् २०१८ देखि यो प्रतियोगिता आयोजना गर्न थालेको हो ।

२०१८ मा भुटानमा आयोजना भएको पहिलो संस्करणको खेलमा नेपालले भारतलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि, नेपाल उपाधी जित्नबाट चुकेको थियो ।