आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

डेढ वर्षीया नाबालिका हत्या प्रकरणमा दुई जना पक्राउ

गोकर्णेश्वर खबर२९ फाल्गुन २०७८, आईतवार १९:२३ मा प्रकाशित (२ साल अघि) ५४८ पाठक संख्या

२९ फागुन, काठमाडौं । मोरङको बेलबारी नगरपालिका भएको डेढ वर्षीया नाबालिका हत्या प्रकरणमा मोरङ सुन्दरहरैंचा नगरपालिका ७ का अजय चौधरी र मिथु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपीलाई सार्वजनिक गरेको हो ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन बिसीका अनुसार शुक्रबार बेलुका करिब साढे ५ बजे डेढ वर्षकी नाबालिका बेलबारी ८ स्थित घरमा खेलिरहेको अवस्थाबाट हराएकी थिइन् ।

प्रहरीका अनुसार घटनाको दिन दिउँसो अजय र उनका दाई मिथुनले नजिकैको केराघारीमा गएर गाँजा खाए पछि २५ वर्षीय अजयले नाबालिकालाई घरमा एक्लै खेलिरहेको मौका पारेर बोकेर बनमारा झाडीमा ल्याएका थिए ।

गाँजाको नशाले मात्तिएका अजयले नाबालिकालाई झाडीमा पुराएर सुरुमा करणी गरेको प्रहरी अनुसन्धानले खुलाएको छ । यसक्रममा बालिका रुन थालेपछि अजयले बियरको बोतल र ढुंगाले नाबालिकाको टाउकोमा प्रहार गरेका थिए । घाइते नाबालिका अचेत अवस्थामा पुगिसक्दा समेत अजयका २८ वर्षीय दाई मिथुनले करणी गरेको प्रहरीले जनाएको छ ।

नाबालिका बेपत्ता भएको करिब एक घण्टापछि परिवार र गाँउलेले अचेत अवस्थामा उनलाई घारीमा भेटेका थिए । गम्भीर घाइते भएकी नाबालिकाको उपचारका क्रममा नोबेलमा शनिबार दिउँसो करिब साढे १२ बजे मृत्यु भएको उनको भनाइ छ ।