आज: ३० बैशाख २०८२, मंगलवार | Tue, 13, May, 2025

नेपालमा एक करोड ७८ लाख मतदाता

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७८, शनिबार ०७:४२ मा प्रकाशित (३ साल अघि) ३५३ पाठक संख्या

२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेपालमा एक करोड ७८ लाख मतदाता रहेको जनाएको छ। शुक्रबार राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ जना मतदाता देखिएको र चैत १३ गते अन्तिम नामावली सार्वजनिक गर्ने जानकारी दिएको छ।

गत मंसिर १७ देखि पुस १९ गतेसम्म मतदाता नामावली संकलन विशेष अभियानअन्तर्गत करिब आठ लाख ५० हजार नयाँ नामावली संकलन भएको आयोगले जनाएको छ।

आयोगका अनुसार सबै जिल्लाको मतदाता नामावली एकीकृत गर्दा ८७ लाख ८६ हजार ३६४ पुरुष, ९० हजार ४८ हजार २१३ र १८८ अन्य समेत गरेर करिब एक करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरिएको छ।

स्थानीय तह निर्वाचन हुने अघिल्लो दिन अर्थात् वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको मताधिकार सुनिश्चित हुनेगरी समय निर्धारण गरिएको र यसबाट थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने आयोगले जनाएको छ।