आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

मनाङमा सबै स्थानीय तहमा पार्टीलाई जिताउने लक्ष्यलिएर काम गर्छौं : नेता गणेश लामा

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७८, शनिबार ०७:३३ मा प्रकाशित (२ साल अघि) ४७३ पाठक संख्या

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गणेश लामाले मनाङ जिल्लाका सबै स्थानीय तह सहित तीनै तहमा पार्टीलाई जिताउने लक्ष्य लिएर काम गर्नु पर्ने बताएका छन् ।

लामाले पार्टीलाई जनस्तरबाटै बलियो हुनेगरी संगठनात्मक र वैचारिक रुपमै काम गर्नुपर्ने आवश्यकता औंल्याए । जसका लागि पार्टीलाई एकढिक्का राखेर जनतालाई पार्टीका सिद्धान्त, नीति बुझाएर अगाडी बढ्न आवश्यक रहेको उनले बताए ।

नेपाली कांग्रेसको घर–घर जाऔ, कांग्रेस जिताऔ अभियान अन्तर्गत मनाङ जिल्लाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता लामाले सो कुरा बताएका हुन् । नेता लामा केन्द्रिय प्रतिनिधिको रूपमा मनाङ खटिएका छन् ।

लामाले अभियान अवधिभर मनाङ्वासीसंगै रहेर जिल्लाको सिङ्गो संगठनलाई परिचालन गर्दै बर्तमान सरकारले गरेका राम्रा कामको प्रचार र विपक्षीका गलत हल्लालाई चिर्ने गरि अघि बढने बताए ।

जतिबेला मुलुक अप्ठ्यारोमा पर्छ त्यतिबेला कांग्रेसले नेतृत्व गर्दै समाधान गरेकोले लोकतन्त्रको विकल्प लोकतन्त्र र काङ्ग्रेसको विकल्प कांग्रेस नै भन्ने बुझाई जनस्तरमा स्थापित भएको दाबी गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री टेक बहादुर गुरुङले एमसिसीको बिषयमा केहि कम्युनिस्ट नेताहरूले गलत हल्ला फैलाएको भन्दै समयक्रममा जनताले बुझ्दै जाने भन्दै सहि सूचना जनातामा सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

जिल्ला सभापति शंकर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई वरिस्ठ नेताहरु पल्तेन गुरुङ र कोमल बहादुर घलेले सैद्धान्तिक रूपमा नै काङ्ग्रेस स्पष्ट भएकोले कम्युनिस्टहरुले फैलाउने हल्लाको अर्थ नहुने भन्दै युवाहरुले यस्ता भ्रम चिर्न जनताका घर घरमा जानुपर्नेमा जोड दिएका थिए ।