आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मोबाइल बैकिंग मार्फत ग्याँसको भुक्तानि गर्दा प्रति सिलिण्डर नगद रु ५० छुट

गोकर्णेश्वर खबर२६ फाल्गुन २०७८, बिहीबार २०:१६ मा प्रकाशित (२ साल अघि) ९६४ पाठक संख्या

२६ फागुन, काठमाडौं । मोबाइल बैकिंग मार्फत ग्याँसको भुक्तानि गर्दा उपभोक्ताले प्रति सिलिण्डर नगद रु ५० फिर्ता पाउने भएका छन् । उपभोक्ताले यो छुट सुविधा २०७८ चैत अन्त्यबाट देशै भरिका महासंघ अन्तर्गतका डिलरहरूबाट पाउनेछन् ।

पहिलो चरणमा ग्यास बिक्रेता महासंघ नेपालमा दर्ता मापदण्ड पुरा गरेका २५० ग्यास डिलरबाट उपभोक्ताले यस्तो सुविधा लिन पाउने महासंघका कोषाध्यक्ष राजेश दाहालले बताए ।

ग्यास बिक्रेता महासंघले उपभोक्ता राहत अन्र्तगत यसको घोषणा गर्ने भएको छ । महासंघले ८ औं वार्षिक साधारणसभाबाट महासंघमा दर्ता मापदण्ड पुरा भएका डिलर मार्फत ग्यास उपभोक्तालाई राहत दिन यस्तो घोषणा गर्न लागेको दाहालले बताए । महासंघको ८ औं साधारणसभा फागुन २८ गते काठमाडौंमा हुँदैछ ।