आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर वडा नं. २ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गोकर्णेश्वर खबर२६ फाल्गुन २०७८, बिहीबार १९:१४ मा प्रकाशित (२ साल अघि) २५४ पाठक संख्या

२६ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. २ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको हो ।

गोनपा २ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले
आर्थिक सशक्तिकरणका लागि नगरपालिकाबाट पाईने अवसरबाट फाईदा लिन सरोकारवालहरुलाई आग्रह गरे । उनले आर्थिक सशक्तिकरणका लागि समुदायमा जागरणको आवश्यकता रहेको समेत औंल्याए ।

कार्यक्रममा वडा नं. २ का वडा सदस्य कृष्णहरि श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकको आर्थिक विकास शाखा प्रमुख पुण्य प्रसाद दाहाल र राज्यश्वरी शाही लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।