आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

चुनावी अभियानका लागि मनाङको जिम्मेवारी केन्द्रीय सदस्य गणेश लामालाई

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७८, बुधबार २१:४६ मा प्रकाशित (२ साल अघि) १६२७ पाठक संख्या

२५ फागुन, काठमाडौं । नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता गणेश लामाले मनाङ जिल्लामा जिम्मेवारी पाएका छन् । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।

मनाङमा चुनावी अभियानको जिम्मेवारी पाएका केन्द्रीय सदस्य गणेश लामाले काठमाडौंमा रहेका मनाङबासी नेता कार्यकर्ता, शुभचिन्तकहरुसँग छलफल गरी अगाडी बढ्ने योजनामा रहेको गोकर्णेश्वर खबरलाई बताए ।

नेपाली काँग्रेसले ७७ जिल्ला हेर्ने गरी मंगलबार बसेको काँग्रेस बैठकले नेताहरुलाई जिम्मेवारी दिएको थियो । निर्वाचनमा काँग्रेसलाई जिताउन भन्दै काँग्रेसले एक महिना ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान चलाउँदै छ । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ ।

काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य र जनप्रतिनिधिलाई भने चुनावी अभियानमा खटाएको छैन ।

अभियानका क्रममा कांग्रेस नेतृत्वका सरकारले गरेका राम्रा कामको प्रचार, तत्कालिन नेकपा सरकारले गरेका गल्ती र भ्रष्टाचारको भण्डाफोरसँगै एमसीसीमा उठेका भ्रम चिर्ने बताइएको छ ।