आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

निर्वाचन आयोग कांग्रेसतर्फ झुकेको ओलीको आरोप

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७८, बुधबार १९:११ मा प्रकाशित (२ साल अघि) ४२२ पाठक संख्या

२५ फागुन, काठमाडौं । निर्वाचन आयोग पार्टीगत रुपमा कांग्रेसतर्फ झुकेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन् ।

मोरङको रंगेलीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत पत्र हरियो रङमा छाप्ने आयोगको निर्णय मान्य नहुने बताएका हुन् ।

उनले कांग्रेस नेतृत्वको सरकारले काम गर्न नसकेकोले अहिले मतपत्र समेत हरियो रङमा छाप्ने निर्णयमा पुगेको बताए । जसलाई निर्वाचन आयोगले समेत स्वीकारेको हुदाँ आयोग कांग्रेसतर्फ झुकेको देखिएको र सो कुरा एमालेलाई मान्य नभएको बताए । जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को दल एमालेबाट अलग्गिएपछि हाइसन्चो भएको बताए ।

कार्यक्रममा उनले रंगेलीका मेयर दिलिप बगडिया, उपमेयर केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाललाई एमालेमा प्रवेश गराएका थिए । बगडियासहित उनीहरु २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीबाट विजयी भएका थिए ।