आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

मन्त्री आलेको निर्देशनको प्रभाव : क्यासिनोले बुझाए ८७ करोड रूपैयाँ रोयल्टी

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७८, बुधबार १४:०१ मा प्रकाशित (२ साल अघि) २४१ पाठक संख्या

२५ फागुन, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि हालसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८७ करोड राजस्व सङ्कलन भएको छ । हालसम्म क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ ।

मन्त्री आलेले रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही गर्ने निर्देशन दिए पछि नतिरेकाले पनि तिर्न थालेका छन् । क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका छन् ।

पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने सेन्टर मिडिया प्राली मिनिक्यासिनोले रु ६ करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा कम्तीमा पनि रु ८७ करोड रकम जम्मा भएको हो । अझै उक्त प्रालिले दुई करोड ७० लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।