आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वरमा कृषकहरुलाई मिनि टेलर (ट्याक्टर) वितरण

गोकर्णेश्वर खबर२४ फाल्गुन २०७८, मंगलवार ०८:४० मा प्रकाशित (२ साल अघि) ३४१ पाठक संख्या

२४ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाद्वारा कृषकहरुलाई मिनि टेलर (ट्याक्टर) वितरण गरेको छ । सोमबार नगरपालिकाको कृषि बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदान र बाँकी किसानले व्यहोर्नेगरी २० वटा ट्रेलर वितरण गरेको हो ।

गोकर्णेश्वर नगरपालिकाका वडा नं १, २ र ३ मा किसानहरुको मागको आधारमा ट्रेलर वितरण गरिएको हो ।

ट्रेलर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सन्तोष चालिसेले नगरपालिकाले उत्पादनमुलक कार्य गर्नेहरुसँग सहकार्य गर्ने नीति लिएकोले किसानहरुलाई टेलर सहयोग गरेको बताए । मेयर चालिसेले नगरपालिकाले उत्पादनमुलक कार्यलाई निरन्तर प्रोत्साहन गर्दै जाने बताए ।

ट्रेलर वितरण कार्यक्रममा मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार दुंगाना, प्रमुख सल्लाहकार दिपक रिसाल, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोट, वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा ६ का अध्यक्ष रमेश अर्याल, वडा ७ का अध्यक्ष केशब गुरुङ, वडा २ का वडा सदस्य कृष्ण हरि श्रेष्ठ नगरपालिका कृषि शाखा प्रमुख इन्दिरा खड्का लगायत सरोकारवाला कृषकहरुको उपस्थिति रहेको थियो ।