आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल, ५३३ नेपाली सुरक्षित रुपमा बाहिरिए

गोकर्णेश्वर खबर२४ फाल्गुन २०७८, मंगलवार ०७:५१ मा प्रकाशित (२ साल अघि) १७२ पाठक संख्या

२४ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खड्काले असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको बताउँदै युक्रेनबाट ५३३ नेपाली सुरक्षित रुपमा बाहिरिएको समेत बताए ।

मन्त्री खड्काले राष्ट्रसङ्घको ११ औँ आपतकालीन बैठकमा नेपाल युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी दिए । मन्त्री खड्काका अनुसार असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको हो ।

युक्रेनबाट ५३३ नेपाली छिमेकी मुलुकमा पुगेका बताएका छन् । मन्त्री खड्काका अनुसार उद्धार गरिएकाहरुमध्ये ४२७ जना पोल्याण्ड र बाँकी अन्य देशमा सुरक्षित छन् ।

प्रेस ब्रिफिङमा भारत सरकारको उद्धार टोलीलाई नेपाली नागरिकलाई पनि उद्धार गर्न आग्रह गरेको जानकारी दिंदै मन्त्री खड्काले सोही अनुसार सहयोग भएकोमा भारत सरकारलाई धन्यवाद दिए ।