आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

तनहुँ सदरमुकाम दमौलीमा आगलागी, आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७८, आईतवार १२:३५ मा प्रकाशित (२ साल अघि) ६५८ पाठक संख्या

२२ फागुन, काठमाडौं । तनहुँको सदरमुकाम दमौलीमा पर्ने व्यास नगरपालिका–४ मेनरोडमा आगोलागी भएको छ । आगलागीबाट अबौंको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । भुपाल हार्डवर्यरबाट आइतबार विहान १० बजेबाट सुरु भएको आगो ज्योति जनरल सप्लायर्स हुँदै आसपासका करीब दुई दर्जन घरमा क्षति पुगिको छ ।

तीन वटा दमकलले आगो निभाउने प्रशाय गरिएको भएपनि अझै आगो नियन्त्रणमा आएको छैन । दुइवटा हार्डवयर पसलमा अति प्रज्ज्वलन शिल पद्धार्थ, प्याष्टिक ड्रम, पेन्ट्स्, डिष्ट्रिल वायर, प्याष्टिक पाईप, काठका विभिन्न समानहरु भएकोले आगो नियन्त्रण लिन कठिन भईरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दमकल आगो भएको स्थान पु¥याउन नसक्दा आगो नियन्त्रणमा लिन कठिन भएको तीनवटा र डोजर दुई वटा घर भत्काएर दमकल छिराएर आगो नियन्त्रण लिने प्रयास भईरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा व्यास नगर प्रहरी परिचालन गरेको आगो नियन्त्रण लिने प्रयास भई रहेको छ । पसलका आगाडीको भागमा रहेको समान सुरक्षाकर्मी तथा स्थानीय वासिन्दाले सुरक्षित गर्ने काम गरिरहेका छन् । विद्युत सट भई आगो लागि भएको अनुमान प्रहरीको छ । आगोलागि भएपछि दमौलीको विद्युत सेवा अवरुद्ध भएको छ ।