आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

आइएमएफको चेतावनी : युक्रेन युद्धको विश्वव्यापी अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७८, आईतवार १२:१४ मा प्रकाशित (२ साल अघि) ४४६ पाठक संख्या

२२ फागुन । युक्रेन युद्धको गम्भीर प्रभाव विश्वव्यापी अर्थतन्त्रमा पर्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले दिएको छ ।

युद्धको प्रभाव अर्थतन्त्रमा अहिले नै देखिएको र अस्थिर अवस्था रहेकाले विश्व अर्थतन्त्र थप गम्भीरता तर्फ धकेलिने चेतावनी आइएमएफले दिएको हो ।

आइएमएफले शनिबार वक्तव्य जारी गरेर भनेको छ, ‘युद्ध जति लम्बिन्छ, त्यति नै अर्थतन्त्रमा गम्भीर असर पर्ने छ ।’

इन्धन तथा खाद्य बस्तुको भाउ बढेको र यसले हाल कायम रहेको मुद्रास्फीतिलाई थप बढाएको कोषले जनाएको छ । युक्रेन र रुससँग नजिक वा सीधा आर्थिक सम्बन्ध रहेका देशहरु थप संकटमा आउने चेतावनी छ ।

आइएमएफको कार्यकारी समितिले शुक्रबार युद्धको आर्थिक प्रभावका सम्बन्धमा छलफल गरेको थियो। समितिको बैठक आउँदो हप्ता पुनः बस्ने र त्यसले युक्रेनको आग्रहमा उसलाई एक अर्ब ४० करोड डलर बराबरको रकम निकाशा गर्ने सम्भावना छ ।