आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाली कांग्रेस बारा जिल्लाको मतदान स्थगित

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७८, आईतवार ०८:२२ मा प्रकाशित (२ साल अघि) १३८ पाठक संख्या

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित भएको छ ।

मतदानमा अनियमितता भएको भन्दै विरोध भएपछि नेतृत्व चयनका लागि शनिबार भएको मतदान रद्द भएको हो ।

नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो ।

मतदानको मिति तय गर्न निर्वाचन कार्यालयमा बैठक बोलाइएको छ ।