आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पेट्रोल र डिजेलमा प्रतिलिटर पाँच रुपियाँ वृद्धी

गोकर्णेश्वर खबर२० फाल्गुन २०७८, शुक्रबार ०७:५९ मा प्रकाशित (२ साल अघि) ४२८ पाठक संख्या

२० फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ ।

त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ ।

विहीबार राती १२ बजेबाट लागू हुने सो नयाँ मूल्यसूचि अनुसार पेट्रोलको प्रतिलिटर खुद्रा मूल्य १५० कामय भएको छ भने डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएको छ ।

आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।