आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

युरोपकै ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा रुसको आक्रमण

गोकर्णेश्वर खबर२० फाल्गुन २०७८, शुक्रबार ०७:५६ मा प्रकाशित (२ साल अघि) ४७९ पाठक संख्या

२० फागुन, काठमाडौं । युरोपकै सबैभन्दा ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा रुसले आक्रमण गरेको छ । आक्रमणबाट आणविक ऊर्जा केन्द्रमा आगलागी भएको छ ।

केन्द्रका भवन र एकाइहरूमा रकेट आक्रमण भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको अन्तराष्टिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

मेयर ओर्लोभले यसअघि दक्षिणपूर्वमा रहेको आफ्नो सहरको बाहिरी भागमा युक्रेनी र रुसी सेनाबीच भिडन्त भएको बताएका थिए ।

ट्याङ्कसहित सहरमा प्रवेश गरी रुसी सेनाले प्लान्ट कब्जा गर्ने प्रयास गरेका थिए तर बुधवार प्लान्ट र यसको वरपरका सडकहरूमा बासिन्दा र कामदारहरू भेला भएका थिए ।