आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

स्थानीय निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट सुनिश्चित : आयोग 

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७८, बिहीबार १८:५१ मा प्रकाशित (२ साल अघि) ३३३ पाठक संख्या

१९ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार आयेगका प्रवक्ता शालिग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताएका हुन् ।

यसैगरी, मतदाताको एकभन्दा बढी नाम भएको, मृत्यु भएको वा नागरिकता त्याग गरेको लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझ फागुन २० देखि २६ गतेसम्म गरिने उनले बताए ।

स्थानीय तहमा भाग लिने राजनीतिक दलको नाम पनि २६ गतेभित्र नै प्रकाशन हुने उहाँले जानकारी दिए । अहिले चुनावमा भाग लिन आयोगमा निवेदन दिएका ८० दलको जाँचबुझ भइरहेको छ ।

स्थानीय तहमा खट्ने प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावलीसमेत सम्बन्धित निकायबाट प्राप्त भइसकेको र यो जाँच बुझको क्रममा रहेको आयोगले जनाएको छ ।