आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता फागुन २४ देखि २६ गतेसम्म हुने

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७८, बिहीबार ०९:५६ मा प्रकाशित (२ साल अघि) ६८८ पाठक संख्या

१९ फागुन, काठमाडौं । काठमाडौं जिल्ला बुद्धिचाल संघले राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता फागुन २४ देखि २६ गतेसम्म हुने छ ।

संघका पूर्व अध्यक्ष अमृतचन्द्र श्रेष्ठको आमा हेरा माया श्रेष्ठको सम्झनामा हुन गइहेको ‘दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्रियव्यापी महिला बुद्धिचाल प्रतियोगिता’मा देशका १०० भन्दा बढी महिला खेलाडीको सहभागिता रहने छन् । प्रतियोगिताको उद्घाटन अन्तर्राष्ट्रिय नारी दिवसको दिन हुनेछ ।

स्वीस प्रणालीका आधारमा सात चरणसम्म हुने उक्त प्रतियोगितामा पहिलो हुनेले २५ हजार, दास्रोले १५ हजार, तेस्रोले ८ हजार, चौथोले ६ हजार, पाचौं हुनेले ४ हजार र अन्य विजेताहरुले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

फागुन २४ देखि २६ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको संघका सचिव प्रविण बहादुर भँडेलले जानकारी दिए ।