आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नजिक

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७८, बुधबार १२:४० मा प्रकाशित (२ साल अघि) २४४ पाठक संख्या

१८ फागुन, काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ । आज एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्दै सुनको भाउ करिब १ लाख नजिक पुगेको हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो । रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो । सुनसँगै पेट्रोलियम पदार्थको मूल्य समेत निरन्तर उकालो गतिमा छ ।

यसका साथै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । हिजो मंगलबार तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ पुगेको छ ।