आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गर्दै बौद्धमा प्रदर्शन

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७८, सोमबार १७:१४ मा प्रकाशित (२ साल अघि) ५५३ पाठक संख्या

१६ फागुन, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गर्दै प्रदर्शन गरेको छ ।

शान्ति समाजको काठमाडौँ शाखाले आज बिहान बौद्धनाथ स्तुपा अगाडि हातमा कालो पट्टी बाँधेर युद्ध विरोधी पर्चा बोकेर प्रदर्शन गरेको हो ।

रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित हातमा मैनवत्ती बोकेर उनीहरूले आधा घण्टासम्म प्रदर्शनमा गरेका हुन् ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत ६० जनाको सहभागिता थियो । समाजले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गर्दै विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।