आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नायक पल शाहले आज प्रहरीमा आत्मसमर्पण गर्ने

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार १२:०१ मा प्रकाशित (२ साल अघि) ७७७ पाठक संख्या

१५ फागुन, काठमाडौं । नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका छन् ।

शाहविरुद्ध ती गायिकाले गत बुधबार जाहेरी दिएकी थिइन् । शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।