आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

रसियाको पैतिस सय सेना मारेको युक्रेनी सेनाको दावी

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७८, शनिबार १८:४० मा प्रकाशित (२ साल अघि) ३८७ पाठक संख्या

१४ फागुन । युक्रेनले रसियाका तीन हजार ५ सय बढी सैनिकको मृत्यु भएको दाबी गरेको छ । युक्रेनका सेनाले रसिया सेनातर्फ भएको क्षतिबारे विवरण प्रकाशित गर्दै यस्तो उल्लेख गरेको छ ।

’अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसिया सैनिकको मृत्यु भएको छ भने करिब २०० जनालाई बन्दी बनाइएको छ,’ युक्रेनका सेनाले दाबी गरेको छ ।

युक्रेनले रसियाको १४ वटा विमान र १०२ वटा ट्यांकसमेत कब्जामा लिएको जनाएको छ । तर अन्तर्राष्ट्रिय एजेन्सीहरुले यसको औपचारिक पुष्टि भने गर्न सकेको छैनन् ।