आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

२४ घण्टामा २७५ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७८, शुक्रबार १९:२४ मा प्रकाशित (२ साल अघि) २६५ पाठक संख्या

१३ फागुन, काठमाडौं । २४ घण्टामा ८ हजार ६२८ जनामा गरिएको परीक्षणमा जम्मा २७५ जनामा संक्रमण पुष्टि भएको छ । तर निको हुनेको संख्या भने ५५५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित ९ हजार २८० जना रहेका छन् ।