आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

रुसद्वारा युक्रेनमाथि सैन्य आक्रमण शुरु

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७८, बिहीबार ११:१२ मा प्रकाशित (२ साल अघि) ४५३ पाठक संख्या

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गर्दै आक्रमण शुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन मार्फत युक्रेनको डोन्बास क्षेत्रमा सैन्य आक्रमणको घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले युक्रेनको राजधानी किभको एक होटललाई लक्षित गरी रुसले मिसाइल प्रहार गरेको समाचार अनलाईनमा उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले युक्रेनमा युद्धको घोषणा नगर्न आग्रह गरेकै बेला पुटिनले टेलिभिजन सम्बोधन मार्फत युद्धको सुरुवात गरेका हुन् ।

सम्बोधनमा पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई हतियार बिसाएर ‘आफ्नो घर फर्किन’ सुझाव दिएका छन् ।

कुनै पनि प्रकारको युद्ध भएमा वा रगत बगेमा त्यसको जिम्मेवार युक्रेन हुने चेतावनी पनि उनले दिएका छन् । उनले युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।