आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोनाको जोखिमबाट अझै सचेत रहन आवश्यक : वडा अध्यक्ष मनोज ढुंगाना

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७८, बिहीबार १०:०७ मा प्रकाशित (२ साल अघि) २६१ पाठक संख्या

१२ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवम् वडा नं ८ का वडा अध्यक्ष समेत रहेका मनोज कुमार ढुंगानाले कोरोना संक्रमणको जोखिम रहेसम्म स्वास्थ्यमा आउने जटिलता प्रति सचेत हुन आग्रह गरेका छन् । उनले कोरोना संक्रमणको अवस्था कमजोर देखिए पनि स्वास्थ्य जटिलता निम्त्याउने संभावना सँधैं भईरहने भएकोले स्वास्थ्य सजगता अपनाउन अनुरोध समेत गरे ।

बुधबार वडा नं ८ ले आयोजना भएको कोभिड–१९ जोखिम न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रममा ढुंगानाले सो कुरा बताएका हुन् । कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा उपमेयर शान्ती नेपाल, जिल्ला समन्वय समिति काठमाडौंकी सदस्य सान्नानी लामा, वडा सदस्य डम्बर बहादुर श्रेष्ठ, वडा सदस्य नन्दलाल श्रेष्ठ, बोष्टर मिडियाका अध्यक्ष मकुन्द ढुंगाना, नगरपालिकाका जन स्वाथ्य अधिकृत हरि प्रसाद उपाध्याय, डा. श्रीकुमार श्रेष्ठको आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा डा. श्रीकुमार श्रेष्ठले कोरोनाको स्वरुप र प्रभाव तथा भ्याक्सिनेशनबारे विस्तृत जानकारी दिएका थिए भनें नगरपालिकाका जन स्वाथ्य अधिकृत हरि प्रसाद उपाध्यायले नगरपालिकामा कोरोना कहर शुरुहुँदा देखि हालसम्मको अवस्था, संक्रमण रोकथामको प्रयास र भ्याक्सिनेन कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमलाई उपमेयर शान्ति नेपाल, वडा सदस्य डम्बर बहादुर श्रेष्ठ, नन्दलाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले आयोजना गरेको कार्यक्रमको सहजीकरण बोस्टर मिडियाले गरेको थियो । कार्यक्रम सञ्चालन वडा सचिव सुदीप हमालले गरेका थिए ।