आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कोरोना विरुद्धको खोप लगाउन गोकर्णेश्वरले कसैलाई विभेद गरेन : मेयर सन्तोष चालिसे

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७८, बिहीबार ०९:५४ मा प्रकाशित (२ साल अघि) ३६३ पाठक संख्या

१२ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले कोरोना विरुद्धको खोप लगाउन नगरपालिकाले कसैलाई विभेद नगरी नगरपालिकाको जनसंख्या भन्दा बढीलाई खोप दिएको बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रणको लागि नगरपालिकाले शुरु देखि नै सबै किसिमका उपायहरु अपनाएर काम गरेको बताए ।

मेयर चालिसेले गोकर्णेश्वर नगरपालिकामा देशका सबै भागका नागरिकहरु बसोबास गर्ने भएकोले नगरपालिकाको जनसंख्या भन्दा बढीले खोप सुविधा पाएको बताए । उनले नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै कोरोना जोखिम कम गर्न तथा संक्रमितको उपचार र व्यवस्थापनमा नगरपालिकाले सबै किसिमका उपायहरु अपनाएर काम गरेको बताए ।

बुधबार वडा नं. ८ को आयोजनामा भएको कोभिड–१९ जोखिम न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रममा मेयर चालिसेले सो बताएका हुन् । कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाको अध्यक्षतामा भएको थियो ।