आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई

गोकर्णेश्वर खबर११ फाल्गुन २०७८, बुधबार १८:५५ मा प्रकाशित (२ साल अघि) ४४० पाठक संख्या

११ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

लोसपा संसदीय दलको बुधबार बसेको बैठकमा अनुमोदनका लागि संसदमा टेबल भएको एमसीसीबारे छलफल भएको थियो । नेताहरुले एमसीसीकै पक्षमा मत राखेका छन्, तर निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइएको छ ।

भोलि बिहीबार संसदको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी समेत हुन सक्ने नेताहरुले बताएका छन् ।