आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अभिनेता पल शाहविरुद्ध करणी सम्बन्धी कसुरमा जाहेरी दर्ता

गोकर्णेश्वर खबर११ फाल्गुन २०७८, बुधबार १८:५० मा प्रकाशित (२ साल अघि) ३८६ पाठक संख्या

११ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा करणी सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । पीडित नाबालिकाको तर्फबाट उनको पिताले जाहेरी दर्ता गरेका हुन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिकामाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । विगत अन्दाजी ३ महिना अगाडिदेखि एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनी परिवारले कर गर्दा करणीको कुरा खुलाएको जाहेरीमा उल्लेख छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।