आज: २८ बैशाख २०८२, आईतवार | Sun, 11, May, 2025

अमेरिकी राजदूतको दौडधुप,ओलीलाई भेट्न बालकोट पुगे बेरी

गोकर्णेश्वर खबर११ फाल्गुन २०७८, बुधबार ०७:३८ मा प्रकाशित (३ साल अघि) २३६ पाठक संख्या

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार साँझ भेटवार्ता भएको छ।

साँझ ५ बजे ओली निवास बालकोटमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

भेटमा राजदूत बेरीले अमेरिकी सहयोग परियोजना एमसिसीबारे चासो राखेका थिए। उनले एमसिसी पारित हुनुपर्नेमा जोड दिएका थिए। जवाफमा ओलीले आफ्नो पार्टी जिम्मेवारीमा नरहेकाले त्यो सत्तारूढ गठबन्धनको हातमा भएको बताए।

प्रतिनिधिसभामा आइतबार एमसिसी टेबल भएको थियो। प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ।