आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समुह ए को सेमिफाइनलमा

गोकर्णेश्वर खबर९ फाल्गुन २०७८, सोमबार १९:३८ मा प्रकाशित (२ साल अघि) १८५ पाठक संख्या

९ फागुन, काठमाडौं । नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समुह ए को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै नेपालले ३ खेलमा ३ जित सहित ६ अक बनाउदा समूह विजेता बन्यो ।

क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले अविजित ३३ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले अविजित रहदै २८ रन बनाए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडा १५ ओभरमा अलआउट हुदै ८० रनमा समेटियो ।

क्यानडालाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछानेले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट लिए । अब नेपालले सेमिफाइनलमा समूह बि को उपविजेता युएईसँग खेल्नेछ ।

नेपालसगै ओमान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमीफाइृनलका खेलहरु भोली हुनेछन् । यस समुहबाट क्यानडा र फिलिपिन्स भने बाहिरिएका छन् । फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।