आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

देशभरमा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर९ फाल्गुन २०७८, सोमबार १९:३४ मा प्रकाशित (२ साल अघि) ३२४ पाठक संख्या

९ फागुन, काठमाडौं । आज देशभर ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ४० नमूना परीक्षण गर्दा ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १ हजार २ सय ५ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार २ सय ८२ सक्रिय संक्रमित रहेका छन् ।

आज ८ लाख ८३ हजार ४ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।