आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

एमसीसीको विरोधमा आज नयाँ बानेश्वर वरपर भएको उग्र प्रदर्शन (फोटोफिचर)

गोकर्णेश्वर खबर८ फाल्गुन २०७८, आईतवार २०:०९ मा प्रकाशित (२ साल अघि) २९१ पाठक संख्या

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आज नयाँ बानेश्वर वरपर उग्र प्रदर्शन भएको छ । प्रतिनिधि सभामा आज एमसीसी सम्झौताको प्रस्ताव पेश हुने भए पछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएपछि एमसीसी विरोध प्रदर्शनले उग्र रुप लियो ।

दिनभरजसो नयाँ बानेश्वर क्षेत्र वरपर सुरक्षाकर्मी र आन्दोलनकारी बीच झडप भईरह्यो ।