आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

एमसीसीको विरोधमा राजधानीमा प्रदर्शन (फोटोफिचर)

गोकर्णेश्वर खबर६ फाल्गुन २०७८, शुक्रबार १५:५८ मा प्रकाशित (२ साल अघि) ४९१ पाठक संख्या

६ फागुन, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा शुक्रबार पनि राजधानीमा प्रदर्शन भएको छ । सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन् ।

नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ’एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् ।