आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कांग्रेस केन्द्रीय सदस्य गणेश लामाको आग्रह : चुनावमा परिणाम देखिने गरी पार्टीलाई बलियो बनाऔं

गोकर्णेश्वर खबर५ फाल्गुन २०७८, बिहीबार १०:०२ मा प्रकाशित (२ साल अघि) ६३० पाठक संख्या

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले आसन्न निर्वाचनलाई ध्यानमा राख्दै काभ्रे जिल्लामा नेपाली काँग्रेसलाई अझ सुदृढ़ र संगठित बनाए अगाड़ी बढाउनुपर्ने बताएका छन् ।

उनले नेपाली कांग्रेसको नमोबुद्ध नगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसको पार्टी कार्यालयको उद्घाटन एवं पार्टी प्रवेश कार्यक्रममा यस्तो धारणा राखेका हुन् । नेता लामाले आगामी बैशाखमा हुने स्थानीय चुनावमा लोकतन्त्रको पक्षमा जनमत खड़ा गर्न पार्टीपद्धतीमा एकताबद्ध भई सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।

उनले आगामी चुनावबाट कांग्रेसको नेतृत्वले काग्रेका स्थानीय तहलाई भ्रष्ट्राचाररहीत बनाउने र शुसाशन कायम गर्ने बताए । केन्द्रीय सदस्य गणेश लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विषेश आतिथ्यता कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, क्षेत्र नं. १ का सभापति दिनेश लामा लगायतको रहेको थियो ।

यस्तैगरी नमोबुद्ध नगर कार्यसमितिका सभापति कुन्साड लामा, भुम्लु गाउँपालिका सभापति दावा लामा, नेपाली कांग्रेस महासमिति सदस्य रोशन लामा लगायतका नेताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका सयौं नवप्रवेशीहरुलाई टिका लगाएर, खादा ओढाएर स्वागत गरिएको थियो ।