आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नयाँबानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, फोटोपत्रकार बस्नेत घाइते

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार १४:३९ मा प्रकाशित (२ साल अघि) ४६९ पाठक संख्या

४ फागुन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । झडप पछी प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

फोटो पत्रकार सरोज बस्नेत घाइते 

यसैगरी, अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई लिएर बानेश्वर क्षेत्रमा भएको झडपमा फोटो पत्रकार सरोज बस्नेत घाइते भएका छन् ।

एमसीसीको विरोध गर्दै नयाँ बानेश्वर आउन लागेको प्रदर्शनकारीको समुहलाई प्रहरीले बिजुलीबजारमा रोकेपछी झडप भएको थियो । सो क्रममा आन्दोलनकारीले प्रहरीलाई हानेको ढुंगा फोटो पत्रकार बस्नेतको टाउकोमा लाग्न पुगेको हो ।

तस्विर संकलनमा खटिएका फोटोपत्रकार बस्नेतको टाउकोमा चोट लागेको हो । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही प्रदर्शनकारीसमेत घाइते भएका छन् ।