आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन (फोटोफिचर)

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार १३:०७ मा प्रकाशित (२ साल अघि) ५०१ पाठक संख्या

४ फागुन, काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) को विरोधमा माओवादी केन्द्र लगायत विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

सत्तारुढ गठबन्धन दल नेकपा माओवादी निकट वाईसीएल नेपाल र अखिल क्रान्तिकारीले एमसीसीको बिरोध गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौैका माइतीघर, बबरमहल, नयाँ बानेश्वर र मीनभवनमा विरोध प्रदर्शन गरेका हुन् । माओवादी केन्द्र निकट वाइसीएल अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा नयाँ बानेश्वरस्थित एभरेष्ट होटल सडक खण्डमा प्रदर्शन गरेको छ ।