आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

आज प्रणय दिवस अर्थात् प्रणय दिवस

गोकर्णेश्वर खबर२ फाल्गुन २०७८, सोमबार ०९:१२ मा प्रकाशित (२ साल अघि) ४४३ पाठक संख्या

२ फागुन, काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिन प्रेमि प्रेमिकाहरुले भेटघाट गरेर तथा उपहार दिएर मनाउँछन् । यो पश्चिमा संस्कृति हो तर युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।

रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमी/प्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु बी माई भ्यालेन्टाइन ?” भन्न धेरै जना १४ फेब्रुअरीलाई नै पर्खिइरहेका हुन्छन् ।

सप्ताहव्यापी मनाइने प्रणय दिवसको आफ्नै इतिहास छ । आजको दिनलाई प्रेम प्रस्ताव राख्ने र प्रेम बसिसकेकाहरुले आपसमा प्रेम साटासाट गरी रमाइलो गर्ने चलन छ ।