आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वर ३ मा बर्डफ्लू पुष्टि

गोकर्णेश्वर खबर१ फाल्गुन २०७८, आईतवार २०:३० मा प्रकाशित (२ साल अघि) ११९९ पाठक संख्या

काठमाडौं। काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । गोकर्णेश्वर नगरपालिका ३ स्थित एक कृषि फार्ममा पालिएका कुखुराहरुमा बर्डफ्लू देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

फर्ममा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण बर्ड फ्लू संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बर्ड फ्लू नियन्त्रणको प्रयास भइरहेको र सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

एपी वान इन्फुलुन्जा संक्रमण भएको र यसले मानिसलाई पनि संक्रमण गराउन सक्ने भएकाले मन्त्रालयले सावधानी अपनाउन भनेको हो ।