आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता १९ गतेबाट हुने

गोकर्णेश्वर खबर१ फाल्गुन २०७८, आईतवार १९:३५ मा प्रकाशित (२ साल अघि) १४३३ पाठक संख्या

१ फागुन, काठमाडौं । अल नेपाल युवा क्लबद्वारा आयोजना गरिने खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता फागुन १९ गतेबाट शुरु हुने भएको छ ।

विश्वव्यापि फैलिएको कोरनाको तेस्रो लहरको कारणले यस अघि तोकिएको मिति र समयमा सम्पन्न गराउन नसकेकोमा क्षमा याचना गर्दै क्लबले ग्याल्बो लोसारको अवसर पारेर प्रतियोगिता गर्ने सूचना जारी गरेको छ ।

जारी गरिएको सूचनाका अनुसार खेलको उद्घाटन फागुन १९ गते हुनेछ भनें फागुन २१ गते समापन हुनेछ । खेल प्रतियोगिता गोकर्णेश्वर ९, आरुवारी, गैरीगाउँमा हुनेछ ।

टिम दर्ता फागुन १९ गते बिहान १० बजेसम्म गर्न सकिने आयोजकले जनाएका छन् । टिम दर्ताका लागि ६ हजार शुल्क तोकिएको छ ।

यसैगरी, खेल अन्तराष्ट्रिय भलिबल एफआईभीबी को नियम अनुसार टी.टी. सिस्टममा खेलाईनेछ भनें खेलाडी टिम कोच सहित एक टिममा १० जना सहभागी हुनु पर्नेछ ।

यसैगरी प्रतियोगिताको खेलाडीले सम्बन्धित प्रदेश जिल्ला नगर र क्लबको आफ्नो परिचय खुल्ने कागज र नागरिकताको फोटोकपी अनिवार्य लिएर उपस्थित हुनु पर्ने तथा खेलाडीले जसि अनिवार्य लगाउनु पर्ने लगायतका नियमहरु रहेका छन् ।

प्रतियोगिताको विजयी टिमले प्रथम पुरस्कार नगद १ लाख सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् । यसैगरी द्वितिय हुनेले पुरस्कार नगद रु.५० हजार सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् भनें तृतिय हुनेले नगद रु २५ हजार सहित कप, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा अनुशासित खेलाडी, उत्कष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टरले ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । क्वाटर फाइनलदेखि म्यान अफ दि म्याच ट्रफिको समेत व्यवस्था रहेको छ ।