आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

२४ घण्टामा ५२१ जना कोरोना संक्रमित पुष्टि : १० को मृत्यु

गोकर्णेश्वर खबर१ फाल्गुन २०७८, आईतवार १८:५४ मा प्रकाशित (२ साल अघि) २०० पाठक संख्या

१ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा निको हुनेको संख्या भने ३ हजार ९ सय ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् ।