आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

१ हजार ९५७ जना सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

गोकर्णेश्वर खबर२५ माघ २०७८, मंगलवार १९:२१ मा प्रकाशित (२ साल अघि) १७३ पाठक संख्या

२५ माघ, काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् । ३४ हजार ९८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार १९८ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २५६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।