आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सरकारले स्थानीय तहको निर्वाचन वर्तमान ऐन अनुसार गर्ने

गोकर्णेश्वर खबर२२ माघ २०७८, शनिबार १८:४४ मा प्रकाशित (२ साल अघि) ६५६ पाठक संख्या

२२ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वर्तमान ऐन अनुसार गर्ने भएको छ । ऐन संशोधन नगरी जेठ ४ मा निर्वाचन गर्न सकिन्छ भन्ने कुरा आएकोले अब वर्तमान ऐन अनुसार निर्वाचन हुने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान ऐन अनुसार चुनाव हुने बताएका हुनाले ऐन संशोधनको च्याप्टर क्लोज भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडुले बताएका हुन् ।

विहीबार अपरान्ह गृहमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले जेठ ४ मा निर्वाचन गर्ने तयारीका सन्दर्भमा ब्रिफिङ लिएका थिए । मन्त्री बडूले भने, ‘प्रधानमन्त्रीज्यूले निर्वाचन आयोगले जेठ ४ का लागि स्थानीय तहको निर्वाचन सिफारिस गर्नुभएको छ । तयारी कस्तो छ ? के गर्नुपर्ने हुनसक्छ भन्ने कुरा राख्नु भएको थियो ।’

अब ऐन संशोधन नगरी निर्वाचन गर्ने तयारीमा सरकार जुटेको कानुनमन्त्री बडूको भनाइ रहेको छ ।