आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कपिलवस्तुका नगर प्रमुख शाह काँग्रेसमा प्रवेश

गोकर्णेश्वर खबर२२ माघ २०७८, शनिबार १८:३० मा प्रकाशित (२ साल अघि) ३७९ पाठक संख्या

२२ माघ, काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा शाह कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएको थियो। स्वतन्त्र उम्मेदवार बनेर नगर प्रमुख बन्नुभएका शाह शनिबार काँग्रेस प्रवेश गरेका हुन् ।

शाहसँगै कृष्णनगर नगरपालिका ९ का वडाध्यक्ष राममिलन चौरीसहित हजार बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । वडाध्यक्ष चौधरी स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका हुन् ।

उनलाई काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सासंद अभिषेकप्रताव शाह, अतहर कमाल, जिल्ला सभापति अब्दुल कलाम, पूर्वपार्टी सभापति सुधाकर पाण्डेले स्वागत गरेका छन् ।

नगरप्रमुख शाहले लोकतान्त्रिक पार्टी काँग्रेस भएकाले प्रवेश गरेको बताए।